पर्यटन राजधानीमा प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान
पाेखरा | साउन ६, २०८१
पोखरा: पर्यटन राजधानी पोखरामा कर्मचारी मिलन केन्द्र कास्कीले प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान सुरु गरेको छ ।
समाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको एक दिन पोखरा क्षेत्रका प्राकृतिक एवम् सांस्कृतिक सम्पदालाई सरसफाई गर्ने गरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिनुुभयो ।
प्रत्यक महिनाको ५ गते सम्पदा सरसफाई अभियान सञ्चालन गरिने बताउँदै उहाँले उक्त दिन सार्वजनिक विदा परेमा ६ गते गर्ने गरी कार्यक्रम तय गरिएको बताउनुुभयो ।
एक समारोहका बीच आज सरसफाई अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ग्रिन सिटी, क्लिन सिटी बनाउने कार्यमा यो अभियान महत्वपूर्ण बन्ने बताउनुुभयो । यस अभियानले पोृखरालाई सफा बनाउने कुरामा जनचेतना अभिबृद्धि समेत गर्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।
कर्मचारी मिलन केन्द्रका संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले राष्ट्रसेवक कर्मचारीहरू समाजिक उत्तरदायित्व अन्तर्गत यस अभियानमा जोडिने बताउनुुभयो । प्रत्येक महिनाको एक दिन यस अभियान अन्तर्गत पोखरा क्षेत्रका कुनै न कुनै सम्पदा सरसफाई गरिने उल्लेख गर्दै उहाँले यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुुभयो ।
पोखराको फेवातालस्थित बाराही घाटबाट सुरु गरिएको सरसफाई अभियान फेवातालको किनारा क्षेत्रमा केन्द्रित गरिएको थियो । सरसफाईमा तीनवटै सुरक्षा निकाय, पोखरा महानगरपालिका, राष्ट्रसेवक कर्मचारी, नागरिक अभियन्ता, स्थानीय पर्यटन व्यवसायी लगायतको उपस्थिति थियो ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...
पोखरा: पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित लेखनाथ रंगशालामा हुने २६ औं संस्करणको आदर्श कपमा ८ टिम भिड्ने भएका छन् । आदर्श युवा क्लबको आयोजना यही पुस ९ देखि १६ गतेसम्म हुने २६ औ...
काठमाडौं: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तामाङलाई सो झापा&ndas...

